अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपाली समुदायलाई दसैंको शुभकामना, बाढीपीडितसँगै उभिने प्रतिबद्धता
नेपालट्युब

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दसैंको शुभकामना दिँदै बाढीबाट प्रभावित नेपाली समुदायलाई पुनःस्थापना र पुनर्निर्माणमा साथ दिने प्रतिबद्धता जनाउनुभएको छ।
घटस्थापनाको दिन दसैं सन्देश जारी गर्दै उहाँले यस वर्ष अस्ट्रेलिया र विश्वभरका नेपाली समुदायले गहिरो दुःखका बीच दसैं मनाउनुपरेको उल्लेख गर्नुभएको छ।
‘बाढीले निम्त्याएको विनाशपछि शोकको भार तपाईंहरूले एक्लै बोक्नुपर्ने छैन। पुनःस्थापना र पुनर्निर्माणका आगामी महिनाहरूमा पनि हामी तपाईंहरूसँगै उभिनेछौं,’ प्रधानमन्त्री अल्बानिजले जारी गरेको सन्देशमा भनिएको छ।
प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई विजयादशमीको शुभकामना दिँदै यस पर्वले सबैलाई एकताबद्ध बनाइराख्ने आशा व्यक्त गर्नुभएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








