NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्ने, नेपाली श्रमिकलाई पनि प्रभाव पर्ने

नेपालट्युब

मलेसियाले कामदारको न्यूनतम मासिक तलब १ हजार ७०० रिंगिटबाट बढाएर २ हजार रिंगिट पुर्‍याउने भएको छ। नयाँ तलबदर सन् २०२७ जुनदेखि लागू हुने घोषणा गरिएको छ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले अक्टोबर ९ मा सन् २०२७ को बजेट प्रस्तुत गर्दै न्यूनतम तलब बढाउने घोषणा गर्नुभएको हो। यसबाट ४० लाखभन्दा बढी कामदार लाभान्वित हुने सरकारको अनुमान छ।

नयाँ व्यवस्थाअनुसार वार्षिक बिक्री आम्दानी ५ करोड रिंगिटभन्दा कम भएका सूक्ष्म, साना तथा मझौला उद्यमलाई नयाँ न्यूनतम तलबदर कार्यान्वयनमा छुट दिइनेछ।

यस्तो व्यवस्था ती उद्यमलाई आफ्नो व्यवसायअनुसार समायोजन गर्न समय दिनका लागि गरिएको सरकारले जनाएको छ।

त्यसैगरी, सरकारले अर्धदक्ष कामदार र स्नातकहरूका लागि मासिक २ हजार ५०० रिंगिटको न्यूनतम तलब व्यवस्था गर्ने घोषणा गरेको छ। यसको कार्यान्वयन प्रक्रिया र विस्तृत विवरण भने पछि सार्वजनिक गरिनेछ।

मलेसियामा नेपाली श्रमिकको उल्लेख्य उपस्थिति रहेको छ।

न्यूनतम तलब वृद्धिले त्यहाँ कार्यरत नेपाली कामदारलाई पनि प्रभाव पार्नेछ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार