NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अस्ट्रेलियाले अद्यावधिक गर्‍यो स्वास्थ्य बीमासम्बन्धी निर्देशिका

नेपालट्युब

अस्ट्रेलियाको गृह मन्त्रालयले अस्ट्रेलिया जाने वा त्यहाँ बसोबास गर्ने विदेशी नागरिकहरूका लागि स्वास्थ्य बीमासम्बन्धी नयाँ निर्देशिका सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार अस्ट्रेलिया जाने अस्थायी भिसावाला वा पर्यटकहरूले त्यहाँको सरकारी स्वास्थ्य सुविधा ‘मेडिकेयर’ पाउने छैनन्। मन्त्रालयले बिरामी हुँदा वा घाइते हुँदा लाग्ने उपचार खर्च निकै महँगो हुने भएकाले सबै खर्च आफैं तिर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ।

त्यसैले भिसा नियमको पालना गर्न र अप्रत्याशित आर्थिक भारबाट बच्न अस्ट्रेलिया बसाइको पूरा अवधिभर अनिवार्य रूपमा स्वास्थ्य बीमा गर्न सुझाव दिएको छ।

अधिकांश अस्ट्रेलियाली भिसाहरूमा ‘सर्त ८५०१’ अनिवार्य गरिएको छ, जसअनुसार बसाइभर पर्याप्त स्वास्थ्य बीमा कायम राख्नुपर्छ।

विद्यार्थी भिसाका लागि ‘ओएसएचसी’ बीमा हुनैपर्छ, र आफ्नो भिसामा यो नियम छ कि छैन भनेर ‘भिइभिओ’ अनलाइन सेवामार्फत जाँच गर्न सकिने जनाइएको छ।

न्यूनतम रूपमा निजी स्वास्थ्य बीमाले डाक्टरको परामर्श, ल्याब टेस्ट, एक्स-रे, अस्पतालको खर्च, औषधि र एम्बुलेन्स सेवा समेटेको हुनुपर्छ।

नयाँ बीमा लिएपछि केही विशेष उपचारका लागि प्रतिक्षा अवधि हुन सक्छ त्यसैले यी सबै कुरा सुरूमै बुझ्न अनुरोध गरिएको छ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार