NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

राष्ट्रपति भण्डारी र अस्ट्रेलियाका राजदूत पिटरबीच शिष्टाचार बिदाइ भेट

nepaltube

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बुडले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राजदुत बुडले बिदाइ भेट गर्नुभएको हो ।

भेटका क्रममा राष्ट्रपति भण्डारीलृ आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका स्वदेश फर्किन लाग्नुभएका अष्ट्रेलियाली राजदूतलाई बधाई दिँदै भविष्यमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुनेगरि काम गर्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार