NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

कोरोना रोकथाममा भिक्टोरियाको स्वास्थ्य विभागको नयाँ प्रयास

nepaltube

ब्रिजबेन, अष्ट्रेलिया । भिक्टोरियाको स्वास्थ्य विभागले कोरोना संक्रमणको जोखिम कम गर्न कन्ट्याक ट्रेसिंगको नयाँ प्रविधि विकास गरेको छ । भिक्टोरियामै विकास गरिएको प्रविधिले कोरोना संक्रमित, उसको सम्पर्कमा आएका व्यक्तिहरु लगायतको जानकारीको डिजिटल डायग्राम निर्माण गर्ने जनाइएको छ ।

यसले संक्रमित र उसको कारणले फैलिनसक्ने महामारीको सम्भावित क्षेत्रहरुको पहिचान समेत गर्ने बताइएको छ । स्वास्थ्य विभागले श्रोत नखुलेका संक्रमितका सम्बन्धमा यसको प्रयोग गत सेप्टेम्बरदेखि गरेको भएपनि आगामी महिनादेखि थप प्रावधानहरु समेत ल्याउने तयारी गरिएको छ । यी नयाँ प्रावधानमा सम्भावित फैलावटबारे स्वचालित चेतावनी र सम्भावित कोरोना संक्रमणका ठाउँहरुबारे समेत जानकारी दिनसक्ने सुविधा रहेको बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार