NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

एज केयर कामदारले अनिवार्य कोरोना खोप लगाउनुपर्ने

Nepaltube Australia

ब्रिजवेन, अष्ट्रेलियाका विभिन्न राज्यमा कोरानाको डेल्टा प्रजातिको संक्रमण बढ्न थालेपछि सरकारले एजकेयर क्षेत्रमा काम गर्ने कामदारले अनिवार्य कोरोना खोप लगाउनु पर्ने नियम लागु गरेको छ । सोमबार राष्ट्रिय मन्त्रीपरिषद बैठकमा प्रिमियर र मुख्यमन्त्रीसंगको छलफलपछि प्रधानमन्त्री स्कट मोरिसनले यस्तो नियम सार्वजनिक गर्नु भएको हो ।
यो नियम अनुसार आगामी सेप्टेम्बर महिनाको मध्यभित्र एजकेयर क्षेत्रका कामदारले कम्तिमा एउटा खोप अनिवार्य लगाएको हुनुपर्ने छ। कोरोना खोपलाई फ्लु भ्याक्सिन जस्तै अनिवार्य गरिएको हो ।
यो अवधीमा एजकेयर कामदारलाई खोप लगाउन सरकारले ११ मिलियन डलर छुट्याएको छ ।

Source- PM Scott Morrison

हालसम्म एजकेयरका एक तिहाई कामदारले मात्र पहिलो डोज खोप लगाउन पाएका छन् ।
वृद्घवृदा बस्ने एजकेयर कोरोना माहामारीमा उच्च जोखिम क्षेत्रमा पर्दछ । तर, एजकेयरका बासिन्दा तथा कामदारलाई खोप लगाउने कार्य निकै सुस्त भएको भन्दै सरकारको आलोचना हुदै आएको थियो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार