NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

कोरोना संक्रमण बढेसँगै सिड्नीमा संकटकाल

nepaltube

अष्ट्रेलिया, ब्रिजबेन ।  सिड्नीमा संकटकाल घोषणा गरिएको छ । संक्रमितको संख्यासँगै कोरोनाभाइरसको महामारी बढ्दै गएपछि रोकथाम तथा न्यूनिकरणका लागि शुक्रबारबाट संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका हुन ।

न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो । यसअघिदेखी नै सिड्नीमा निषेधाज्ञा जारी हुँदैआएको थियो । प्रदेश सरकारका अनुसार बिहिबार मात्रै कोरोनाबाट एक जनाको मृत्यु भएको थियो भने १३६ जना नयाँ सङ्क्रमित थपिएका थिए । अष्ट्रेलियामा थपिएको यो संक्रमण सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लीयनले प्रदेश भित्रका सवैलाई खोपको व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ ।

 सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ । लकडाउनको अवधिमा समेत महामारी कम नभएपछि संकटकाल लगाउनु परेको प्रिमियर बेरेजिक्लीयनले बताउनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार