Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaलकडाउनको विरोधमा अष्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्धारा निन्दा

लकडाउनको विरोधमा अष्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्धारा निन्दा


ब्रिजबेन। अष्ट्रेलियाको सिड्नीलगायतका विभिन्न सहरहरुमा कोरोना सङ्क्रमण फैलिन थालेसँगै लकडाउन र स्वास्थ्य संकटकालको घोषणा भएको छ । तर सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन हुन थालेका छन् । सिड्नी, ब्रिजबेन र मेलबर्नमा लकडाउनको बिरोधमा ठूला प्रदर्शन भएका हुन ।

यी सहरमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू बाहिरिएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका थिए । सरकारले महामारीको थप सङ्क्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सङ्कटकालको उपायको विरोध गर्दै शनिवार भएका लकडाउनविरोधी ठूला प्रदर्शनको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले निन्दा गर्नुभएको छ । प्रदर्शनका सहभागीहरूलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’ को सङ्ज्ञा दिँदै प्रधानमन्त्री मोरिसनले कोरोनाभाइरस फैलाउने जोखिम बढेको बताउनुभएको छ । अधिकारीहरूका अनुसार शनिबार भएका प्रदर्शनका क्रममा ५७ जना पक्राउ परेका छन् ।

मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको समेत जानकारी गराउनुभएको छ । यस्तै, न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै कडा निषेधाज्ञाको विकल्प नभएको बताउनुभएको छ । अष्ट्रेलियाको सरकारले सङ्क्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ। विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड–१९ बाट थप दुई जनाको निधन भएको छ। अतिसङ्क्रामक ‘डेल्टा भेरिअन्ट’को आगमनसँगै विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीति अख्तियारी गरिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अष्ट्रेलियामा हालसम्म ३२ हजार ५९४ जनामा सङ्क्रमण भएको र ९१६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अष्ट्रेलियामा छ। यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ