सिड्नीमा कोरोना रोक्न कडा नियम, नमान्नेलाई ठाउँकोठाउँ ५ हजार जरिवाना
अष्ट्रेलिया, ब्रिजबेन । सार्वजनिक स्वास्थ्य आदेश उल्लंघन गर्नेहरुविरुद्ध न्यू साउथ वेल्स सरकार कडा रुपमा प्रस्तुत हुने भएको छ । कोभिड –१९ सम्बन्धी मन्त्रीस्तरीय निर्देशनको उल्घन गर्ने व्यक्ति वा व्यवसायमाथी सरकारले स्वास्थ्य आदेश उल्लंघनको प्रकृति हरेर ३ हजार डलरदेखी ५ हजार डलरसम्म जरिवानासँगै फौजदारी अभियोगको मुद्धामा कारबाही अघि बढाउने भएको हो ।
अगस्ट १६ तारिक बिहानबाट घरबाहिर कुनै सरसामान किन्न निस्किदा समेत ५ किलोमिटरभन्दा टाढा जान नपाइने भएको छ । आइसोलेसन निमल उल्लंघन गर्दा र कन्ट्याक ट्रेसरलाई ढाट्दा समेत ५ हजार जरिबाना तिर्नुपर्ने र फौजदारी अभियोग झेल्नुपर्ने भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च रेकर्ड बनाउनेगरी ४ सय ६६ जना कोरोना संक्रमित थपिएसँगै सरकार लकडाउनमा कडाई गर्न बाध्य भएको बताइएको छ ।
अगस्ट १६ तारिख सोमबारदेखी लागू हुनेगरि बढाइएको जरिवाना यस्तो छ :
Increased fines for Public Health Order breaches (from 12.01am, Monday, 16 August):
- $5,000 on the spot fine for breaching self-isolation rules;
- $5,000 on the spot fine for lying on a permit (already a criminal offence);
- $5,000 on the spot fine for lying to a contact tracer (already a criminal offence);
- $3,000 on the spot fine for breaching the two person outdoor exercise/recreation rule; and
- $3,000 on the spot fine for breaching rules around entry into regional NSW for authorised work, inspecting real estate and travelling to your second home.
Permit system to enter regional NSW (from 12.01am, Saturday, 21 August):
स्वास्थ्य आदेश उल्लंघनको यो आदेश एक हप्तासम्म जारी रहने बताइएको छ । यस्तै, NSW पुलिस बलले राज्य भर सार्वजनिक स्वास्थ्य आदेशको प्रभावकारी कार्यान्वयनका लागि अगस्ट १६ तारिखबाट Operation STAY At Home अभियान शुरू गर्ने भएको छ । सिड्नीको पुलिस अपरेसन सेन्टर (पीओसी) का कार्यवाहक सहायक आयुक्त एन्ड्रयू हल्याण्डको कमाण्डमा अपरेसन स्टे एट होम अभियान सञ्चालन हुने भएको हो । राज्यका महानगरीय र क्षेत्रीय ईलाकाहरुका यातायात र राजमार्ग क्षेत्रमा हाईबे प्रट्रोल कमाण्ड, पुलिस यातायात कमाण्ड, Dog and Mounted Unit सहितका विशेषज्ञ कमाण्डसहितका सुरक्षाकर्मीहरु परिचालन हुनेछन् ।
अपरेसन स्टे एट होम अभियनका क्रममा यातायात र राजमार्ग गस्ती कमान्डसंग जोडिएर १ हजार ४०० Traffic and Highway Patrol Command बलका सुरक्षा अधिकारीहरु न्यू साउथ वेल्स र सिमावर्ती राज्यमा परिचालन हुने बताइएको छ । यसअघि देखी नै ३०० Australian Defence Force परिचालन भैसकेको र अभियानका क्रममा थप ५ सय फोर्स परिचालन हुने जनाइएको छ । पुलिस र आपतकालीन सेवा मन्त्री डेभिड इलियटले एनएसडब्ल्यू सरकारले आयुक्तको आह्वानलाई पूर्ण रुपमा समर्थन गरेको जानकारी दिनुभएको छ ।
कोरोनाको डेल्टा भेरियन्टले राज्यभर महामारिको रुप लिएसँगै ग्रेटर सिड्नी भरि प्रहरी तैनाथी बढाइने भएको छ । राज्य सरकारले नगर तथा रिजनल क्षेत्रको अनावश्यक आवागमनको जोखिम रोक्न अपरेशन अभियान सफल हुने विश्वास लिएको छ । लकडडाउनमा गरिएको कडाई र जरिवाना बारे थप जानकारीका लागि सरकारको आधिकारिक वेवसाइट https://www.nsw.gov.au/media मा हेर्न सक्नुहुनेछ । अहिले अष्ट्रेलियास्थित भिक्टोरियाको मेलबर्न, राजधानी क्यानबेरा, न्यू साउथ वेल्स राज्यमा कोरोना संक्रमण बृद्धि भएसँगै लकडाउन जारी छ ।
तपाईको प्रतिक्रिया