NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

आज घटस्थापना, दशैको पहिलो दिन

Nepaltube Australia

ब्रिजवेन/ आज दशै अर्थात नवरात्रीको पहिलो दिन घटस्थापना हो । आज घर र शक्ति पिठहरुमा दशैको जमरा राख्ने चलन छ । जौ, गहु र मकै जस्ता पवित्र अन्नलाई पुजा गरेर चोखो स्थानमा जमरा राख्ने गरिन्छ । दशैको टिकाको दिन ठुलाबडाको हातबाट टिकासहित जमरा पनि लगाउने चलन छ ।

दशैको घटस्थापना आश्विन शुल्क प्रतिपदा तिथीमा पर्ने भएकोले बिहिबार अक्टोबर ७ तारिखमा विं सं २०७८ सालको घटस्थापना परेको हो ।  काठमाडौंको बसन्तुरमा रहेको दशैंघरमा पनि आजै जमरा राख्ने गरिन्छ । । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै शुभसाइतमा जमरा राखिने चलन छ । विहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाइको गोबरले लिपपोत गरिएको कोठामा वा दशैंघरमा जमरा रोप्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार