NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

सडक दुर्घटनामा निधन भएका समिरका लागि दुइ घण्टामै उठ्यो २५ हजार डलर

Nepaltube Australia

डार्बिन/कारको ठक्करबाट मंगलबार निधन भएका २२ वर्षिय समिर मानन्धरको शव नेपाल पठाउनका लागि दुइ घण्टामै २५ हजार डलर भन्दा बढी रकम संकलन भएको छ ।
गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरी र नेपलिज एशोसियसन अफ नर्दन टेरिटोरी नान्टले संयुक्त रुपमा सहयोगको अपिल गरेको थियो । अपिलको एक घण्टामै १० हजार डलर र दुइ घण्टापछि २५ हजार डलर संकलन भएको संघका नर्दन टेरिटोरी संयोजक विष्णु चापागाइले जानकारी दिनुभयो । ‘हामीले सुचना जारी गरेर अब सहयोग चाहिदैन भन्दा पनि पैसा जम्मा गरेको स्क्रिन सट पठाउने क्रम रोकिएको छैन’- चापागाइले भन्नुभयो ।

इन्सोरेन्सबाट समेत रकम निकासाको तयारी भइरहेको छ । इन्सोरेन्सबाट पैसा आएमा संकलन भएको रकम समिरको परिवारलाई हस्तान्तरण गरिने समेत चापागाइले जानकारी दिनुभयो । सहयोग उपलब्ध गराउने सबैलाई चापागाइले धन्यवाद समेत दिनुभएको छ । यत्ति छोटो समयमै पैसा उठ्नु भनेको एक नेपालीलाई दुख पर्दा नर्दन टेरिटोरीका नेपालीहरु कत्तिसम्म एकजुट हुन्छन् भन्ने समेत यो उदाहरण भएको चापागाइको भनाई छ ।


मोटरसाइकलमा सवार २२ वर्षिय युवकलाई डार्बिनबाट ४० किलोमिटर पर नोनाम टेभनस्थित स्ट्राउट राजमार्गमा कारले ठक्कर दिएको थियो । गम्भिर चोट लागेको युवकको केही समयपछि नै निधन भएको हो । उनलाई ७४ वर्षिय पुरुष चालकले गुडाएको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ । टिआर भिषामा रहेका मानन्धर साथीसंग दुइ छुट्टा छुट्टै मोटरसाइकलमा घुम्न गएका बेला दुर्घटनामा भएको थियो ।

भोली शव नेपाल पठाउने तयारी

यसैबिच समिरको पार्थिव शरिरलाई भोली नेपाल पठाउने तयारी भएको छ । शव पठाउनका लागि फ्युनरल कम्पनीलाई १५ हजार डलर तिरिसकिएको छ । शव सिड्नी, दोहा हुदै काठमाडौ पुग्नेछ । ७ देखि १० दिनमा शव नेपाल पुग्ने अनुमान छ । संकलन भएको बाकी रकम परिवारलाई हस्तान्तरण गरिने छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार