NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

सोमबारबाट न्यु साउथ वेल्स राज्यमा लकडाउन खुकुलो, के के गर्न पाइन्छ ?

Nepaltube Australia

सिड्नी/ कोरोनाको दुबै खोप लगाउनेको संख्या ७० प्रतिशत कटेपछि न्यु साउथ वेल्स राज्यमा लकडाउन खुकुलो हुने भएको छ । सोमबार अक्टोबर ११ देखि ग्रेटर सिड्नीमा लकडाउनका केही प्रतिबन्धहरु हटाइने भएको छ । दुबै खोप लगाएका मानिसहरुका लागि मात्रै यो प्रतिबन्ध खुकुलो पारिने भएको हो ।

सोमबारलाई स्वतन्त्रता दिवसका रुपमा उल्लेख गर्दै नवनिर्वाचित प्रिमियर डोमेनिक पेरोटेटले लकडाउन हटाउने मार्गचित्र समेत सार्वजनिक गर्नुभएको छ ।  यसअघिको प्रिमियर ग्लाडिस बरिजेक्लियनको मार्गचित्रमा केही हेरफेर गरेर नया“ प्रिमियरले योजना सार्वजनिक गर्नुभएको हो ।

सोमबारदेखि खुकुलो हुने प्रतिबन्धहरु यस्ता छन् ।

१. घरमा बढीमा १० जना पाहुना बोलाउन पाइने (जसमा १२ वर्षभन्दा मुनी बालबालिका गन्ती नहुने)

२. खुल्ला स्थानमा बढीमा ३० जनासम्म भेला हुन पाइने

३. बिहे र मलामीमा बढी १ सय जना सहभागी हुन पाइने ।

४. पौडी पोखरीहरु पौडी प्रशिक्षणका लागि खुल्ला गरिने

५.सार्वजनिक कार्यक्रममा कुर्सीमा बस्ने हो भने ५ सय जनासम्म सहभागी हुन पाइने

६. ५ किलोमिटर यात्रा प्रतिबन्ध हटेर ग्रेटर सिड्नीभर आवतजावत गर्न पाइने

खोपको दर ८० प्रतिशत पुगेपछि प्रतिबन्धहरु थप खुकुलो पारिदै जाने बताइएको छ ।  न्यु साउथ वेल्सको ग्रामिण भेगमा भने एउटा खोप लगाएको छ भने पनि काममा फर्कन सक्नेछन् । तर, नोभेम्बर १ तारिखभित्र उनीहरुले दुबै खोप लगाइसक्नुपर्नेछ । त्यस्तै अक्टोबर २५ बाट सबै विद्यार्थीहरु कक्षाकोठामा फर्किनेछन् । त्यसभन्दा अघि १८ बाट नै किण्डरगार्डेन, १ र १२ कक्षा विद्यार्थीहरु भने कक्षाकोठामा फर्किनेछन् । न्यु साउथ वेल्समा १६ वर्षभन्दा माथीका खोप लगाउने मानिसहरुको संख्या ७०.३ प्रतिशत कटेको छ । दैनिक ६ सयभन्दा बढी संक्रमित भेटिएपनि खोपको मात्रा बढाएर लकडाउन खोल्न सरकारले पहल सुरु गरेको हो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार