NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

नेपालले रच्यो ईतिहास । पहिलो पटक साफ च्याम्पियनसिपको फाईनलमा

Nepaltube Australia

काठमाडौ/ नेपालले २८ वर्षमा साफ च्याम्पियनसिप फुटवलमा ईतिहास रचेको पहिलो पटक साफ च्याम्पियनसिप फुटबलकोफाइनलमा प्रवेश गरेपछि नेपालले इतिहास रचेको हो माल्दिभ्सको  मालेस्थित नेशनल स्टेडियममा बुधबार भएको आफ्नो समूहचरणको अन्तिम खेलमा बंगलादेशसँग को बराबरी खेलेपछि नेपालले फाईनलको यात्रा तय गरेको हो

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि फाइनलमा पुगेको थिएन पहिलो शंस्करणमा तेस्रो भएकोनेपाल २०१८ मा सेमिफाइनलसम्म पुगेको थियो

पहिलो नवौं मिनेटमै नेपालले गोल खाएको थियो कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकाथिए पहिलो हाफमा नेपालले गोल फर्काउने प्रयास गरेपनि सफल नभएपछि नेपाल दवावमा परेको थियो दोस्रो हाफमा बंगलादेशलेकेही रक्षात्मक खेल खेल्यो

खेलको ८२औं टर्निङ प्वाइन्ट रह्यो वान भर्सेस वानमा रहेका नेपाली खेलाडीलाई फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्डपाए नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले गोल गरे

बराबरीसँगै अंक जोडेको नेपाल फाइनलमा पुगेको भने बंगलादेश समूह चरणबाटै बाहिरिएको  अब उपाधिका लागि नेपाललेभारतसंग फाईनल खेल्ने  

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार