NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

आज दशैको टिका । अष्ट्रेलियाका शहरमा टिका लगाउने साईत यस्ता छन्

Nepaltube Australia

ब्रिजवेन/ आज विजया दशमीको टिकाको दिन हो हिन्दु धर्म अनुसार दशैको टिका साइत हेरेर लगाइने चलन अष्ट्रेलियामा पनि नेपाली हिन्दु समाज, अष्ट्रेलियाले टिका लगाउने शुभसाइत सार्वजनिक गरेको स्थानिय क्षेत्रको सुर्योदयकोसमयलाई मापन गरि, शुभसाइत निकालिएको समाजले जनाएको

राहुकाल, गुलिककाल, रोग मृत्यु बेला नपरेको समय छनोट गरि अमृत अभिजित समय पहिचान गरि शुभसाइत निकालिने सिड्नीकाज्योतिष जयराम अधिकारीले जानकारी दिनुभयो हिन्दु समाजले निकालेको शुभसाइतको समय पहिचान गर्न पनि अधिकारीकोसंलग्नता समाजले निकालेको विवरण अनुसार अष्ट्रेलियाको विभिन्न शहरमा विजया दशमीको टिका लगाउने शुभसाइत यस प्रकारछन्

ज्योतिष अधिकारीका अनुसार साइतमै टिका लगाउन नसकेपनि विजय दशमीको दिन भरी नै टिका लगाउन उत्तम हुन्छ त्यस्तै टिकालगाउन आफन्त नभएकाले आफुभन्दा उमेरले ठुलो जो कोही व्यक्तिबाट टिका लगाएर आर्शिवाद लिन सकिने समेत अधिकारीलेबताउनुभयो शास्त्रका अनुसार ठुलोबडा नभएपनि वर्षभन्दा मुनीका कन्याको हातबाट समेत टिका थाप्दा उत्तम हुने ज्योतिषअधिकारीको भनाई टिका लगाउनका लागि जमरा छैन भने पनि रोतो रंगको कुनै पनि फुललाई देवीको प्रतिकका रुपमा ग्रहण गर्नसकिने उहाँको भनाई

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार