NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

वेष्टर्न अष्ट्रेलियामा कामको अफर छ भने पनि पिआर हाल्न पाइने, नर्सलाई त फाइदै फाइदा

Nepaltube Australia

पर्थ/अष्ट्रेलियाको वेष्टर्न अष्ट्रेलिया राज्यले अक्टोबर १५ तारिखमा स्किल माइग्रेसन अकुपेशनमा थुपै्र पेशाहरु थपेको छ । जसमा अकाउन्टिङ, आइटी देखि ट्रेड कोर्सका थुप्रै पेशाहरु छन् । वेष्टर्न अष्ट्रेलियाले अन्य स्टेट र विदेशमा पढेर अनुभव प्रँप्त दक्ष कामदारलाई पिआर दिनका लागि यसपाली बढी ध्यान केन्द्रित गरेको देखिएको ब्रिजवेनका रजिष्टर्ड माइग्रेसन एजेण्ट नारायण कोइरालाले जानकारी दिनुभयो ।

नेपालट्युबको कार्यक्रम माइ भिषामा कोइरालाले वेष्टर्न अष्ट्रेलियामा बसोबास गरेका तथा आफ्नो काममा अनुभव प्राप्त आवेदकलाई पिआरका लागि प्राथमिकतामा राखेको छ । त्यस्तै कोइरालाले विदेशमा तीन वर्ष काम गरेका तथा अष्ट्रेलियामा नर्सिङ पढेर स्किल एसेसमेन्ट गरेका नर्सहरुले कामको अफर छ भने पनि वेष्र्टन अष्ट्रेलियामा पिआर हाल्न पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यस्तै अष्ट्रेलियामै पढेर १ वर्ष काम गरेका नर्सहरुले समेत कामको अफर कै आधारमा पिआर हाल्न पाउनेछन् ।

वेष्टर्न अष्ट्रेलियाको माइग्रेसनमा पछिल्लो समय आएको परिवर्तन बारे नेपालट्युबले तयार गरेको माइभिषा कार्यक्रम हेर्नुहोस

 

 

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार