न्यु साउथ वेल्स र भिक्टोरिया राज्य बिच सिमाना खुल्यो, यस्ता छन् जानैपर्ने कुरा
सिड्नी/अष्ट्रेलियाका दुइ ठुला राज्यहरु न्यु साउथ वेल्स र भिक्टोरियाबिचको यात्रा सामान्य झै अवस्थामा फर्किएको छ । शुक्रबार बिहानदेखि यी दुइ राज्यबिच बिना रोकटोक यात्रा खुल्ला गरिएको हो ।
बिहिबार न्यु साउथ वेल्सका प्रिमियर डोमेनिक पेरोटेट र भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रयुले संयुक्त विज्ञप्ती जारी गर्दै दुइ राज्यबिच सिमाना खुल्ला गरिएको जानकारी दिएका हुन् । अघिल्ला सोमबारबाटै नै दुबै खोप लगाएकाहरुका लागि राज्यबिच आवाज जावत सजिलो पारिदै आइएको थियो । न्यु साउथ वेल्स र क्यानबेराका सबै क्षेत्रलाई भिक्टोरियाले हरियो क्षेत्रमा राखेको छ । यस परिवर्तनसंगै न्यु साउथ वेल्सबाट भिक्टोरियामा जादा कोरोना परिक्षण र क्वारेन्टिन बस्नुपर्नेछैन ।
खोप नलागाएकाहरुले भने यात्रा गर्नु अघि कोरोना संक्रमण नभएको र संक्रमितको सम्पर्कमा नआएको प्रमाणसहित यात्रा अनुमति लिनुपर्छ । पुरा खोप लगाएका भिक्टोरियालीहरुले पनि न्यु साउथ वेल्समा बिना क्वारेन्टिन यात्रा गर्न पाउनेछन् । न्यु साउथ वेल्सका प्रिमियर पेरोटेटले स्वतन्त्र यात्राको वातावरणले कोरोना अघिको सामान्य अवस्थाको चित्रण गरेको बताउनुभयो । त्यस्तै भिक्टोरियाका प्रिमियरले भने खोप लगाउने दुबै राज्यका बासिन्दालाई धन्यवाद दिनुभयो ।
तपाईको प्रतिक्रिया