NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

वेष्टर्न अष्ट्रेलियाले जनवरीमा मात्रै आन्तरिक र बाह्य सिमाना खोल्ने

Nepaltube Australia

पर्थ/वेष्टर्न अष्ट्रेलियाका प्रिमियर मार्क म्याकगोभनले राज्यका १२ वर्ष माथीका नागरिकमध्ये ९० प्रतिशतले पुरा खोप लगाएपछि मात्रै सिमाना खुल्ला गर्ने घोषणा गर्नुभएको छ । राज्यको खोप कार्यक्रम विश्लेषण गर्दा नयाँ वर्षको जनवरीको अन्त्य तिर मात्रै ९० प्रतिशतले दुबै खोप लगाउने प्रिमियर म्याकगोभनले बताउनुभयो ।

राज्यमा दुबै खोप लगाउनेको संख्या ८० प्रतिशत पुगेपछि मात्रै अन्तराष्ट्रिय यात्रुलाई आउन दिने एकिन मिति घोषणा गरिने बताइएको छ । वेष्टर्न अष्ट्रेलियामा हालसम्म ६५ दशमलव ४ प्रतिशतले दुबै खोप लगाएका छन् । यो संख्या अष्ट्रेलियाका राज्यहरुमध्ये सबैभन्दा कम खोप लगाउने राज्यमा नर्दन टेरिटोरी र वेष्र्टन अष्ट्रेलिया छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार