NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

भिक्टोरियामा थपिए १००७ कोरोना संक्रमित, प्रतिबन्ध खुकुलो पार्दा के होला ?

nepaltube

ब्रिजबेन, अष्ट्रेलिया । भिक्टोरिया राज्यमा कोरोना संक्रमण र मृत्युदर फेरि उच्च बन्न थालेको छ । यहाँ पछिल्लो २४ घण्टामा नै ७२ हजार २७० जनाको स्वाब परीक्षण गर्दा १ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिक्टोरियामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ८१४ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा भिक्टोरियामा थप १२ जनाको मृत्यु भएको छ ।

यता, २४ घण्टामा गरिएको ८० हजार ४०२ स्वाब परीक्षणबाट न्यु साउथ वेल्समा २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाका कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

किन भिक्टोरियाको कोरोना संक्रमण र मृत्युदर नियन्त्रणमा आएन ?
कडा प्रतिबन्धको समयमा समेत नियन्त्रणमा आउन नसकेको कोरोना महामारी यो राज्यको स्वास्थ्य विभागका लागि टाउको दुखाईको विषय बनिरहेको छ । प्रतिबन्धका समयमा समेत पारिवारिक जमघट, आफन्तजनसँगको भेटघाट नरोकिनुलाई महामारि रोकथामको बाधक मानेका स्वास्थ्य अधिकारिहरुले अब बिस्तारै यहाँको महामारि कम हुने आशा गरेका छन् । तर महामारि घट्नुको साटो बढ्दो क्रममा देखिएको छ ।

स्वास्थ्य अधिकारिहरु त जनस्वास्थ्यका मापदण्डको पालना जस्तै अनिवार्य मास्क लगाउने, भौतिक दूरि कायम गर्ने, बेलाबेलामा साबुन पानि वा सेनिटाइजरले हात धुने, संभावित जोखिममा रहेका र संक्रमितसँग अनावश्यक घुलमिल नहुनेमा नागरिक सचेत हुनुपर्ने बताइरहेका छन् । यसमा नागरिक स्तरमा केही बेवास्ता देखिएको छ ।

भिक्टोरिया राज्यले पछिल्लो समय कोरोना महामारि नियन्त्रणका लागि गरिएका प्रतिबन्धहरुलाई खुकुलो बनाइरहेको छ । खोपको तिब्रतासँगै प्रतिबन्धलाई खुकुलो गर्दा महामारि थप बढ्ला वा नियन्त्रण उन्मुख देखिएला यो भने समयक्रमसँगै आफै देखिनेछ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार