NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

जाजरकोटमा बस दुर्घटना : ५ जनाको मृत्यु,२८ जना घाइते

nepaltube

काठमाडौं । जाजरकोटमा आइतबार बिहान बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर २८ जना घाइते भएका छन्।

जाजरकोटका डिएसपी मधुकुमार थापाले आइतबार बिहान साढे २ बजेतिर भेरी नगरपालिका–१३ बराचउरमा बस पल्टिएर दुर्घटना भएको जानकारी दिनुभयो । नेपालगञ्जबाट जाजरकोटको कालिमाटी जाँदै गरेको ना६ख २७५७ नम्बरको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृत्यु हुनेमध्ये शेरबहादुर परियार, विद्या शाही (वर्ष चार, रुकुम पश्चिम) र सप्तरीका गंगाराम यादव (शिक्षक) को पहिचान खुलेको प्रहरीले जानकारि दिएको छ। अरु दुईजनाको पहिचान हुन बाँकी रहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

घाइतेहरुको खलंगा अस्पतालमा उपचार भइरहेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार