Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचिसिदै नेपालको मौसम, सतर्कता अपनाउन चिकित्सकको सुझाब !

चिसिदै नेपालको मौसम, सतर्कता अपनाउन चिकित्सकको सुझाब !


काठमाडौं । केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो लगातार बढिरहेको छ । चिसो हावा चल्न थालेकाले जाडो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको हो ।

बिहान हुस्सु कुहिरोसँगै तुसारो पर्न थालेको छ भने दिउँसो र बेलुका चिसो हावा चल्न थालेकाले केही दिनसम्म मौसम चिसिने क्रमले निरन्तरता पाउने मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकासहित तराई र पहाडी क्षेत्रका धेरै ठाउँमा तुसारो पर्न थालेको छ । उत्तर पश्चिमी क्षेत्रबाट आएको हावाका कारण पनि चिसो बढेको मौसमविद्ले बताएका छन् । आज देशका कुनैपनि भुभागमा पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलले उत्तर पश्चिमी क्षेत्रबाट नेपाल आउने हावा हिमाली क्षेत्र हुँदै बहने र हिउँ परेको हिमाली क्षेत्र हुँदै बहने हावा बढी चिसो हुने भएकाले उपत्यकासहित तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको बताइन । यो क्रमले १५ दिन भन्दा बढी समय निरन्तरता पाउने आँकलन गरिएको छ । दिउँसो घाम लागे पनि आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् ।  काठमाडौंको बिहानको न्यूनतम तापक्रम आज ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

चिसो बढेसँगै मोसमविद् एवंम चिकित्सकहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । चिसोका कारण विभिन्न स्वास्थ्य समस्या देखापर्ने भन्दै चिकित्सकहरुले न्यायो लुगा लगाउन, मनतातो खानेकुरा खान, झोलिलो खानेकुरा बढी खाएर चिसोको सम्भावित स्वास्थ्य समस्याको जोखिमबाच बच्न सबैलाई आग्रह गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ