NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

काठमाडौंबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ, कारण यस्तो…

nepaltube

काठमाडौं । मध्यबानेश्वर क्षेत्रबाट प्रहरीले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दीनेशराज मैनालीले जाकानरि दिनुभयो । अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान अघि बढाइएको बताइएको छ ।

क्यासिनोमा नेपालीको प्रवेश रोकिएपछि अहिले अनलाइन जुवा खेल्ने र खेलाउनेहरु बढ्न थालेको पाइएको छ । प्रहरीले पटक पटक अनलाईन जुवा खेल्ने खेलाउने गरेकाहरुलाई पक्राउ गरेको घटनाले समेत यसलाई पुष्टि गरेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार