NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्रको चमत्कार, यस्तो छ पछिल्लो मतपरिणाम !

nepaltube

काठमाडौं । शनिबार राति ९ः ५५ बजे सार्वजनिक गरिएको आधिकारिक मतगणना विवरणअनुसार काठमाडौं महानगरका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३४ हजार ९३५ मत पाउनुभएको छ । नेपाली काँग्रेसकी सिर्जना सिंहले १९ हजार ३१५ मत पाउँदा एमालेका केशव स्थापितले हालसम्म १८ हजार ९७९ मत पाउनुभएको छ ।

महानगरपालिकाको उपमेयर पदमा एमालेबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले विशाल अग्रता बनाउनुभएको छ । डंगोलले निकटतम प्रतिद्वन्द्वीले भन्दा २२ हजार बढीको मतान्तर बनाउनुभएको छ । ​सुनिताले ३४ हजार ३० मत पाउँदा सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ८४२ मत पाउनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार