Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनिजगढमा तेश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने, सर्वोच्च अदालतले किन लगायो रोक ?

निजगढमा तेश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने, सर्वोच्च अदालतले किन लगायो रोक ?


काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । योसँगै अब तत्कालका लागि नेपालकै तेश्रो अन्तर्राष्ट्रिय विमानस्थलको चर्चासहित बनाउने तयारीमा रहेको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिने भएको छ ।

निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएसँगै जग्गा अधिग्रहण, रुख कटान लगायतका सबै काम तत्काललाई रोकिएका छन् । वातावरण सरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले निजगढमा सरकारले अध्ययन बिनै पेलेर विमानस्थल बनाउन लागेको बनजंगल फडानी लगायतका बिषय उठाएर रिट दायर गरेका थिए ।

रिटमाथी सुनुवाइ गर्दै बिहीबार सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प छनोट गर्न परमादेश दिइएको बताइएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले निजगढ विमानस्थलका सबै निर्णय अदालतको आदेशबाट खारेज भएपनि उपयुक्त विकल्पसहित अघि बढ्न सुझाब दिइएको जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ