NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नेपाली सेनामा ४५ सयलाई जागिरको अवसर दरखास्त आह्वानको (सूचनासहित)

nepaltube

काठमाडौं । नेपाली सेनाले चार हजार ५ सय जनाको भर्ना लिनेगरि सार्वजनिक सूचना जारि गरेको छ । नेपाली सेनाले आज सूचना निकालेर चार हजार ५ सय जना सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

सार्वजनिक गरिएको सूचना अनुसार खुलातर्फ २ हजार ३ सय ५१ जना माग गरिएको छ । यस्तै, नेपाली सेनामा कर्तव्य पालनाका क्रममा असक्त भएका वा ज्यान गुमाएकाका सैन्य परिवारलाई २ सय २५, महिला ३ सय ९०, आदिवासी जनजाति ६ सय १७, मधेशी ५ सय ४०, दलित २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको कोटा निर्धारण गरिएको छ ।

योग्यता पुगेका इच्छुकले अनलाइनमार्फत् फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जानकारि गराएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति जेठ ८ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर थप एक साता अर्थात जेठ १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

दरखास्त आह्वानको सार्वजनिक सूचना :

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार