NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

ओली, लेखक, बालेन, सुदन गुरुङलगायत विरुद्धका ९ वटा जाहेरी तामेलीमा

Nepal Tube

काठमाडौं । जेनजी आन्दोलन र त्यसपछिका विकसित घटनालाई जोडेर प्रहरीमा परेका जाहेरी मध्ये ९ वटा तामेलीमा राखिएको छ ।

जिल्ला प्रहरी प्रहरी काठमाडौंका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानरपालिकाका मेयर बालेन शाह, हामी नेपालीका संस्थापक सुदन गुरुङलगायत विरुद्ध परेका ९ वटा जाहेरी तामेलीमा राखिएका हुन । यी जाहेरीमा जेन जि आन्दोलनमा भएका दमन, त्यसपछि विकसित घटनाक्रम, आगजनी लगायतका विभिन्न कसुरमाथी अनुसन्धान र कारबाहीको मागदाबी गरिएका छन् ।

तत्काल प्राप्त प्रमाणअनुसार अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने नदेखिएपछि प्रहरीको सिफारिसमा सरकारी वकिल कार्यालयमार्फत जाहेरी तामेलीमा राखिएको बताइएको छ । प्रहरीमा आएका १०४ जाहेरी भने दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारि दिनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार