NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

जेन-जी विद्रोहलाई राजनीतिक आन्दोलनको मान्यता, सम्झौता राजपत्रमा प्रकाशित

Nepal Tube

काठमाडौं । सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । योसँगै जेन-जी विद्रोहलाई एक राजनीतिक आन्दोलनका रूपमा संस्थागत गर्ने प्रक्रियालाई सुशीला कार्की नेतृत्वको सरकारले पूर्णता दिएको हो ।

जेन जि अगुवाहरु हिजोको हाम्रो सडकको सङ्घर्ष अब आधिकारिक रूपमा राज्यको अभिलेखमा लिपिबद्ध भएको भन्दै खुसि देखिनुभएको छ । विचारमा मतभेद भएतापनि भ्रष्टाचार र कुशासनविरुद्धको लडाइँमा सधैँ एकताबद्ध रहने प्रतिबद्धता समेत जेन जि अगुवाहरुले गरेका छन् ।

यसअघि बिहिबारको मन्त्रिपरिषद् बैठकले बुधबार भएको सरकार र जेन जि प्रतिनिधि बीचको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको थियोे ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार