NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नवनियुक्त ४ जना मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, लगत्तै पदभार ग्रहण

Nepal Tube

नवनियुक्त ४ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएसँगै पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति भवन सितल निवासमा एक कार्यक्रमका विच मन्त्रीहरु श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंले वन तथा वातावरण मन्त्रालयको शपथ लिनुभएको हो ।

Photo-NPL

पद तथा गोपनियताको शपथ लिएसँगै सिंहदरबारस्थित आ—आफ्नो मन्त्रालयमा पुगेर ४ जना मन्त्रीले पदभारग्रहण समेत गर्नुभएको छ । पदभारग्रहण गर्दै उहाँहरुले आफ्नो पदिय जिम्मेवारी इमान्दार भएर पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

 

दभार ग्रहण गर्नुहुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी(Photo-NPL)
पदभार ग्रहण गर्नुहुँदै वन तथा वातावरण मन्त्री माधव चौलागाईं (Photo-NPL)
पदभार ग्रहण गर्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम (Photo-NPL)
पदभार ग्रहण गर्नुहुँदै महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ(Photo-NPL)
शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार