रिहाइ प्रक्रिया पूरा गर्न रास्वपा सभापति रवि भैरहवा जादै

काठमाडौं । रिहाइ प्रक्रिया पूरा गर्न रास्वपा सभापति रवि लामिछाने भैरहवा जिल्ला अदालततर्फ निस्किनुभएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खराब मौसमका कारण भैरहवाको उडान हुन नसकेपछि चितवनको भरतपुर हुँदै भैरहवा हिड्नुभएको हो । भरतपुरबाट रास्वपा सभापति रवि गाडीमा भैरहवा पुग्ने बताइएको छ ।आज समेत शुक्रबार भएकोले रिहाइ प्रक्रिया कहिले टुंगिन्छ निश्चित भएको छैन । Photo- NPL
…
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







