NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

निर्वाचनको सहज वातावरण बनाउन निरन्तर छलफलमा प्रधानमन्त्री कार्की

Nepal Tube

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सहज वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले दलका नेता, नागरिक समाजका अगुवासहितका सरोकारवालासँग छलफल गर्नुभएको छ ।


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको छलफलमा निर्वाचन कानुन र व्यवस्थापनका सम्बन्धमा छलफल भएको बताइएको छ । फागुन २१ मा निर्वाचन होला नहोला भन्ने दुईथरी बहस भइरहँदा प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन निरन्तर संवाद र छलफल गरिरहनुभएको छ ।

दलका नेता, नागरिक समाजका अगुवा, निर्वाचन आयोगका पदाधिकारी, कर्मचारीसँगको छलफललाई निरन्तरता दिदै तोकिएकै मितिमा निर्वाचन गराउने प्रतिबद्धता प्रधानमन्त्री कार्कीले जनाउदै आउनुभएको छ ।

Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार