NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

राष्ट्रपति र प्रधानमन्त्रीसँग तीन दलका शीर्ष नेताको छलफल

जेन जि आन्दोलनपछि पहिलो पटक जुर्यो भेटवार्ता

Nepal Tube

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।

जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति पौडेलले गरेको यो पहिलो छलफल हो । राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रीत भएको बताइएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसँगको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार