NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

समानुपातिकको सूची बनाउदै उज्यालो नेपाल पार्टी,जुटेन रवि र बालेनसँग सहमति

Nepal Tube

काठमाडौं । उज्यालो नेपाल पार्टी अन्य दलसँगको एकता प्रयास सफल नभएपछि समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्न जुटेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि उज्यालो नेपाले केही दिनदेखि संवाद गरेको थियो । पहिलो प्राथमिकतामा रहनुभएका बालेन रास्वपासँग मिलेपछि पनि आईतबार अबेरसम्म  त्रिपक्षीय संवाद भएका थिए ।

पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि अरु दलसँगको एकता तत्काललाई टरेको छ । अहिले उनेपा समानुपातिकको सूचीलाई अन्तिम रुपम दिन लागेको नेता जितराम लामाले नेपालट्युबलाई जानकारी दिनुभयो ।

उज्यालो नेपालले समानुपातिक उम्मेदवारको बन्द शुचि बुझाएपछि पनि देश बनाउने अभियान र बिचार मिल्ने दल समूहसँगको एकता प्रयास भने जारी राख्ने जनाएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार