NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

Nepal Tube

काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीको बयान लिएसँगै बन्देज फुकुवाको निर्णय लिएको हो ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आजको निर्णय सार्वजनिक गर्दै फुकुवाको जानकारी गराउनुभएको बारे प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्ति जारी गरेर पुष्टि गर्नुभएको छ । विज्ञप्तिमा जेन जि घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा भएको निर्णयको औचित्य समाप्त भएको भनिएको छ ।

ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवाको निर्णयले फागुन २१ को निर्वाचन सहज हुने अपेक्षा गरिएको छ । आयोगले लिखित जवाफ मागेकोमा पूर्वप्रधानमन्त्री द्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले जवाफ पठाउनुभएको छैन ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार