NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कार्की सरकारबाट बाहिरिए कुलमान, भने- “कुर्सीभन्दा माथि आत्मसम्मान”

Nepal Tube

काठमाडौं । उर्जा, शहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले पदबाट राजिनामा दिनुभएको छ । मन्त्री पदबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताउनुभएको छ ।

राजिनामापछि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले  भन्नुभएको छ –  ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’ राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको दाबी गर्दै उहाँले पदबाट बाहिर रहँदा पनि देश र जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धतामा आफू कहिल्यै बिचलित नहुने घिसिङले बताउनुभएको छ । Photo- NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार