NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कांग्रेसमा किचलो : वार्तामा शेरबहादुर र गगन पक्ष, के आउला निकास ?

Nepal Tube

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता भइरहेको छ ।

भृकुटिमण्डपमा विशेष महाधिवेशन गरिरहनु भएका महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोली र संस्थापन पक्षबीचको वार्ताले विवाद समाधान गर्ने बताइएको छ । वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुँदा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण सहभागी हुनुभएको छ ।शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजालले मध्यस्थता गरिरहनु भएको छ ।

भृकुटिमण्डपमा भेला भएका  ६० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिदै गगन-विश्वलाई दबाब दिइरहेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई बैधानिक मान्न नसकिने भन्दै वेवास्ता गरिरहे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने चेतावनी दिइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार