NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ बजेपछि

Nepal Tube

काठमाडौं । नेपाली कांग्रेसको ११ बजेका लागि बोलाईएको केन्द्रीय कार्यसमितिको बैठक १ बजे बस्ने भएको छ ।

विहान ११ बजे पार्टी कार्यालयमा बस्ने भनिएको बैठक सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन पक्ष गगन थाप-विश्वप्रकाश शर्मा बीचको वार्ताका कारण पछि धकेलिएको हो । वार्ताबाट एकताबद्द कांग्रेसका पक्षमा सबै सहमत गराउने प्रयास गरिदा समेत भृकुटिमण्डपको विशेष महाधिवेशनको बन्द सत्र भने जारी छ ।

१ बजेको केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन निर्देशन दिइएको छ । सभापति देउवा, नेता शेखर कोइरालासहितका नेताहरु पार्टीलाई एकठिक्का बनाउदै निकास निकाल्न गगनविश्वलाई आह्वान गर्ने अवस्थामा पुग्दा, गगन—विश्वले समेत सहमतिको प्रस्ताव अघि सारेका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार