NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कांग्रेसको किचलो : गगन आधिकारिक कि शेरबहादुर ?

Nepal Tube

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य स-शरीर निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरेका छन् ।

कावा सभापति खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू, नेता शेखर कोइराला लगायतका नेता कार्यकर्ता आज आयोगमा पुगेर देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबी गरेका हुन । विशेष महाधिवेशन आव्हान नगरिएको र गगन-विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको जिकिर संस्थापन दाबी गर्ने नेताहरुको रहेको छ ।

यता, यसअघि नै विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित पदाधिकारीसहित आयोग पुगेर गगन थापाले आधिकारिकताको दाबी गर्नुभएको छ । नवनिर्वाचित सभापति थापाले महाधिवेशन प्रतिनिधिको बैधानिक अधिकारको बलमा भएको विशेष महाधिवेशन नै आधिकारिक कांग्रेस भएको दाबीसहित आवश्यक कागजात बुझाउनुभएको छ । Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार