NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

निर्वाचन आयोगले भन्यो – गगन नेतृत्वको कांग्रेस नै आधिकारिक

विरोधमा देउवा पक्ष

Nepal Tube

काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको कार्य समितिलाई आधिकारिक मान्यता दिएको छ ।

आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेसँगै कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बन्नुभएको छ । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष पार्टी र चुनाव चिह्नविहीन बनेसँगै आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिने निर्णय समेत गरेको छ । अब महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले दिएको विवरण अनुसार कांग्रेस पार्टी अद्यावधिक हुनेछ ।

देउवा पक्षले निर्णय नमान्ने

यता, शेरबहादुर देउवा पक्षले आयोगको निर्णय नमान्ने भएको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले सम्पूर्ण नियम- कानून तथा पार्टीको विधानको धज्जी उडाएको जिकिर गर्नुभएको छ । आयोगको निर्णयलाई चुनौती दिदै देउवा समुहले विरोध गर्ने जनाएको छ ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार