NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कांग्रेसको निर्णय : निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन आह्वान

टिकट बाँड्न १३ सदस्यीय बोर्ड

Nepal Tube

काठमाडौं । निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको दोस्रो केन्द्रीय समिति बैठकले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ ।

बैठकपछि प्रवक्ता देवराज चालिसेले आगामी फागुन २१ गतेको निर्वाचनमा आफूलाई सरिक गर्नका लागि सबै पार्टी पंक्तिलाई सक्रियताका साथ लाग्न अपिल गर्ने निर्णयसहित नेताहरूलाई एकताबद्ध हुन आह्वान गर्नुभएको हो । निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा बैठकले आभार व्यक्त समेत गरेको छ ।

यस्तै, आसन्न निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन समेत भएको छ । बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहनेछन् । निकटता भनसुन, साँठगाँठ भन्दा योगदान र आवश्यकता हेरिने बताएको छ । Photo -NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार