NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट धादिङ- १ मा चुनाव लड्दै

Nepal Tube

काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङलाई रास्वपाबाट धादिङ- १ मा चुनाव लड्नुहुने भएको छ ।

रास्वपामा कुरा मिलेपछि काठमाडौं-२ वा ९ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणाबाट पछि हट्दै उहाँ आफ्नै जन्मथलो धादिङबाट चुनाव लड्न लाग्नुभएको हो । आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेन्डा अघि सार्दै आउनुभएको थियोे । उहाँको प्रस्ताव अनुसार तीनजना जेनजी घाइतेहरुलाई रास्वपाको समानुपातिक  बन्दसूचीमा समेटिएको छ भने केन्द्रीय समितिमा पनि लैजाने सहमति भएको छ । आशिकाले टिकट पाउँदा रास्वपा स्थानीय नेता समर्थकले केही असन्तुष्टि जनाएका छन् ।

आशिका यसअघि राजनीतिक गतिविधि भन्दा बाहिर हुनुहुन्थ्यो । सरकारी सेवाका समस्या, भूईमान्छेका समस्या पीडा उजागर गर्ने र आफ्नो फाउन्डेसनबाट सरसहयोग गर्दै आउनुभएको थियोे ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार