NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

निर्वाचनलाई भयरहित र निष्पक्ष बनाइन्छ : प्रहरी महानिरीक्षक कार्की

Nepal Tube

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिने बताउनुभएको छ ।

नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रूपमा निर्देशन जारी गर्दै आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयको रणनीति सार्वजनिक गर्नुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना सङ्कलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जोड दिनुभएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले समेत कार्यस्थलमा खटिने कर्मचारीलाई परिस्थितिअनुरुप चल्न अनुरोध गर्नुभएको छ । Photo- Nepal Police Fb

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार