NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

रविविरुद्धको मुद्दा फिर्ता लिन रुपन्देही जिल्ला अदालतको अस्विकार

Nepal Tube

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ ।

अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले सर्वोच्च अदालतमा यसै विषयमा परेको रिटको टुंगो लागेपछि मात्र पेश गर्नू भन्ने आदेशसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न अस्वीकार भएको जानकारी दिनुभएको हो । महान्यायाधिवक्ता कार्यालयको निर्णय अनुसार सहकारी ठगीलाई यथावत् राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता गरी पाऊँ भनी जिल्ला सरकारी वकिल कार्यालयले निवेदन पेश गरेको थियोे ।

रुपन्देही जिल्ला अदालतले सर्वोच्चमा विचाराधीन मुद्दाको फैसलापछि जिल्लाबाट कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार