NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

झापा–५ मा नेपाली सेनासहित सुरक्षा निकायको संयुक्त गस्ती

Nepal Tube

काठमाडौं । फागुन २१ गतेको निर्वाचनका लागि झापा– ५ मा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन् ।

आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार गस्ती थालिएको हो ।

कुनै अप्रिय घटना नघटोस्, निर्वाचन सुरक्षामा कुनै आँच नआओस् र कुनै आपराधिक क्रियाकलाप नहोस् भनेर सुरक्षा तैनाथी बाक्लो बनाएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले आवश्यकता अनुसार सङ्ख्या निर्धारण गरी विभिन्न ठाउँमा गस्ती थालिएको जानकारि दिनुभयो । Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार