NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

सामाजिक न्याय र उन्नतिको यात्रालाई नयाँ उचाइ दिन निर्वाचन : राष्ट्रपति

Nepal Tube

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ को निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले  निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको बताउनुभयो । अहिलेको निर्वाचन राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको उहाँले बताउनुभएको छ ।

निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हुने समेत राष्ट्रपति पौडेलले बताउनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार