NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

देशभर रास्वपा लहर : कहाँ- कहाँ छ एमाले, कांग्रेस र नेकपाको अग्रता ?

रास्वपा र कांग्रेसले खोले जितको खाता

Nepal Tube

काठमाडौं । देशका १६५ निर्वाचन क्षेत्रमा मतगणना भइरहदा रास्वपाले बहुमत ल्याउनेगरि अग्रता कायम गरिरहेको छ ।

समाचार तयार पार्दासम्म आएको मतपरिणाम अनुसार रास्वपाले ९१ स्थानमा अग्रता कायम गरेको छ । कांगेसले १० स्थानमा,एमालेले ९  र नेपाली कम्युनिस्ट पार्टीले ८ स्थानमा अग्रता लिएका छन् । श्रमसंस्कृति पार्टीले १,राप्रपा र स्वतन्त्रले १/१ सिटमा अग्रता लिएका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई झापा-५ मा रास्वपा वरिष्ठ नेता बालेन शाहले फराकिलो मतले पछाडि पार्नुभएको छ । भक्तपुर- २ मा महेश बस्नेत पछाडि पर्दा एमालेका अधिकांश शिर्ष नेता रास्वपा उम्मेदवारबाट पछि परेका छन् । कांग्रेस सभापति गगन थापालाई सर्लाही ४ मा रास्वपाका  डा. अमरेश कुमार सिंहले पछि पार्दा पार्टी महामन्त्री प्रदीप पौडेल लगायता शिर्ष नेता प्रारम्भिक मतगणनामा पछि परेका छन् । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपाल रौतहट १ मा पछाडी पर्दा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वी रुकुममा फराकिलो अन्तरले अग्रता लिनुभएको छ ।

रास्वपा र कांग्रेस एक/एक स्थानमा विजयी 

अहिलेसम्म २ स्थानमा अन्तिम परिणाम आउदा काठमाडौं १ बाट रास्वपाकी रञ्जु दर्शना विजयी हुनुभएको छ । कांग्रेसबाट मुस्ताङमा योगेश गौचन थकालीले जितेको खाता खोल्नुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार