सर्लाही ४ मा अमरेशकुमार सिंह विजयी
कांग्रेस सभापति गगन थापालाई पराजित

काठमाडौं । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी हुनुभएको छ ।
सिंहले कांग्रेस सभापति गगन थापालाई पराजित गर्नुभएको हो । सिंहले ३५ हजार ६८८ मत ल्याउदा कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत पाउनु भएको छ ।
यो जितसँगै सिंहले ह्याट्रिक पूरा गर्दा थापा पहिलोपटक पराजित हुनुभएको छ ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







