गोरखा १ बाट सुधन गुरुङ विजयी
इलाम-१ मा कांग्रेसको जित

काठमाडौं । जेन जि आन्दोलनका अगुवा सुधन गुरुङले गोरखा १ बाट चुनाव जित्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहनुभएका गुरुङ २९ हजार ८९६ मतसहित विजयी हुनुभएको हो । कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत पाउनुभएको छ ।
जेन जि आन्दोलनका अगुवा गुरुङ रास्वपा सभापति रवी लामिछाने र बालेन्द्र शाह मिलाउने सुत्रधार समेत हुनुहुन्छ ।
इलाम-१ मा कांग्रेसको जित
यता, इलाम-१ बाट कांग्रेसका निस्कल राई विजयी हुनुभएको छ । राईले १४ हजार ५४३ मत पाएर विजयी हुँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू १३ हजार ६३२ मतमै रोकिनुभएको छ ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






