NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

ओली- लेखक ५ दिन हिरासतमै रहने, के हुन्छ अब ?

Nepal Tube

काठमाडौं । एमाले अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

ओलीलाई  म्याद थपको प्रक्रियाका लागि भर्चुअल उपस्थिति गराइएको छ ।  जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा पेश गर्नुपर्ने थियो । तर, स्वास्थ्य स्थितिका कारण सम्भव नभएपछि भिडिओ कन्फ्रेन्सबाट सहभागी गराइएको हो । पूर्व गृहमन्त्री  लेखकलाई भौतिक रुपमै सरकारी वकिल कार्यालय र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको थियोे  ।

शनिबार विहान जेनजि आन्दोलनमा दमन गरेको आरोपमा जरुरी पक्राउ पुर्जी थमाएर प्रहरीले पक्राउ गरेको थियोे  ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार