NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

पहिला आफू बदलियर देशलाई बदल्न हर्कको सुझाव

सत्ता पक्षले बाटो बिराए खबरदारी गर्ने भनाइ

Nepal Tube

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले सरकारलाई उपत्यकाभित्र मात्र नभई देशभरिका वास्तविक आवश्यकता र समस्या बुझेर काम गर्न सुझाव दिनुभयो ।

देश निर्माण र परिवर्तनका लागि आएका नेताहरुले सबैभन्दा पहिला आफैंलाई परिवर्तन गर्नुपर्ने र एक सेकेण्ड मिनेट पनि खेर फाल्न नहुने बताउनुभयो । साङपाङले सरकार र सांसदहरूले प्रत्येक मिनेटको महत्त्व बुझ्नुपर्ने र निर्णय गर्दा अध्ययन, सोचविचार गरेर गर्नुपर्ने सुझाब दिनुभयो ।

शिक्षा मन्त्रालयले ब्रीज कोर्षसहितका विषयमा लिएका निर्णय तथा वृद्धभत्तामा उमेरसम्बन्धी मुद्दामा सोचविचारपूर्वक कदम चाल्नुपर्ने सुझाव समेत साम्पाङको रहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार