NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

डीपी अर्याल निर्विरोध सभामुख

निर्वाचित भएको घोषणा भने आगामी संसदबाट

Nepal Tube

काठमाडौं । सभामुखमा रास्वपा उपसभापति, सांसद डीपी अर्याल निर्विरोध हुनुभएको छ ।

निर्वाचित भएको घोषणा भने आगामी संसद बैठकबाट हुनेछ । सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेकोमा अर्यालको एकल उम्मेदवारी परेको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अर्यालको एकल उम्मेदवारी परेको जानकारी दिनुभएको छ । एकल उम्मेदवारीसँगै सभामुखका रुपमा बधाई दिन थालिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार