NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, काठमाडौं उपत्यका उच्च जोखिममा

nepaltube

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२४६ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

संक्रमित मध्ये ३१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८१८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ३५ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा थपिए ५७२ संक्रमित
काठमाडौं उपत्यकामा अहिलेसम्मको उच्च रेकर्ड बनाउँदै ५ सय ७२ जना संक्रमित थपिएका छन् । यी मध्ये काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार